Rule 12
पूर्व स्वीकृतिको लागि निवेदन दिनु पर्ने
इजाजतपत्रवालाले ऐनको दफा १५ को उपदफा (१) मा उल्लिखित विवरणका अतिरिक्त देहायका विवरणहरू खुलाई वैदेशिक रोजगारमा कामदार पठाउनको लागि पूर्व स्वीकृति प्राप्त गर्न अनुसूची–४ बमोजिमको ढाँचामा विभाग समक्ष निवेदन दिनु पर्नेछः–
(क) सञ्चालकले आफ्ना प्रतिनिधिलाई विभागमा गई यस सम्बन्धी काम गर्न दिएको अख्तियारनामा,
(ख) विभागले जारी गरेको संस्थाको प्रतिनिधिको परिचयपत्रको प्रतिलिपि,
(ग) पूर्व स्वीकृति प्रदान गरेपछि प्रकाशन गर्नु पर्ने विज्ञापनको नमूना,
(घ) इजाजतपत्रको प्रतिलिपि,
(ङ) इजाजतपत्रवालाले लिन पाउने सेवा शुल्क तथा प्रवद्र्धन खर्च ।